खोलाले बगाउँदा दाङमा किशोरीको मृत्यु
मेरोन्यूज
२०७९ साउन १६ गते १९:५३
काठमाडौँ । दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौँ महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये घोराही उपमहागनर १४ निवासी २१ वर्षीय हिक्मत बुढा मगर घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिका बंगलाचुली मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए ।
फर्किने क्रममा बंगलाचुली गाउँपालिका २ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया