अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल-जवाहिरी मारिए

एजेन्सी (काबुल) / अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।
इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक रहेको अमेरिकाले दावी गदैं आएको थियो । उनी अमेरिकामा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।
सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए र अलकायदालाई हाँकेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।
















जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया