६ लाख रुपैयाँ घुससहित उपसचिव प्रमोद नेपाल पक्राउ
मेरोन्यूज
२०७९ साउन १७ गते १८:५७

काठमाडौँ । घुस लिँदै गर्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनी ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनलाई नक्सालको नागपोखरीस्थित एक होटलबाट पक्राउ गरिएको हो । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
उजुरीपछि अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया