दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

काठमाडौँ । गत आर्थिक वर्ष २०७८–०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ ।
गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए ।
हिमाली जिल्ला दोलखामा मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्ने गर्दछ । वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७ किलो र निजी वनबाट ६९ हजार पाँच सय सात किलो जडीबुटी सङ्कलन गरी जिल्ला बाहिर निकासी गरिएको हो ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट मझिठो दुई हजार एक सय ५३ किलो, अर्गेली चार हजार चार सय ९५ किलो, लोक्ता तीन हजार दुई सय ४२ किलो र चिराइतो एक हजार तीन सय ४७ किलो निकासी भएको छ ।
त्यस्तै, निजी वनबाट चुत्रो ४० हजार पाँच सय ७४ किलो, मझिठो पाँच हजार नौ सय ११ किलो, अर्गेली नौ हजार नौ सय ८५ किलो, लोक्ता दुई हजार किलो, धसिङ्गरे नौ हजार तीन सय ७५ किलो, चिराइतो छ सय १३ किलो र उनिउ एक हजार ४९ किलो निकासी भएको कार्यालयको तथ्याङ्क रहेको छ ।
जिल्लामा संकलित यी विभिन्न प्रजातिका जडीबुटी औषधिका लागि नेपालका विभिन्न ठाउँमा निकासी हुने गरेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा तीन सय ८१ वटा सामुदायिक वन, एक सय ६४ कबुलियती वन र दुई वटा धार्मिक वन रहेका छन् । सामुदायिक वन २८ हजार आठ सय ९७ हेक्टर, कबुलियती वन ८३ हजार तीन सय ४४ हेक्टर र धार्मिक वन छ सय २१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

















Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
4 die, 5 injured in firing incidents in Karachi
प्रतिक्रिया