ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज विहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् ।
आज विहान मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।
आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया