बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
चुनावको मिति घोषणापछिको सत्ता गठबन्धनको पहिलो बैठक पनि हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो ।
बुधबारकै बैठकमा गठबन्धन दलहरुका वीचमा सिट बाँडफाँडका लागि पहिले गठबन्धन दलका दोस्रो तहका नेताहरु रहेको कार्यदल निर्माण गर्ने, कार्यादलले नीतिगत मापदण्ड बनाउने र त्यसरले दिएको रिपोर्टका आधारमा शीर्ष नेताहरु बसेर गठबन्धन दलहरुका बीचमा सिट बाँडफाँड गर्ने समझदारी बनेको छ ।सोही समझदारीका आधारमा आज बैठकबाट कार्यदल निर्माण गरिसक्नेछन् ।
त्यसरी निर्माण भएको कार्यादलले तयार पार्ने नीतिगत मापदण्डका आधारमा सिट बाँडफँड मिलाउने समझदारी गठबन्धनका दलहरुका बीचमा बनेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
आज बैठकबाट बनेको गठबन्धन कार्यदलमा को–को रहने र सिट बाँडफाँट कसरी गर्ने विषयमा केन्द्रित भएर छलफल शुरु हुने माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको एक नेताले बताए ।
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया