‘रवी लामिछाने देश भँडुवा हुन्, हामी सचेत रहनुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवी लामिछानेलाई लक्षित गर्दै देश भडुवाको संज्ञा दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
‘अहिले त एउटा पत्रकार नचाहिने नचाहिनो काम गर्यो । एउटा जमातले साथ दियो भनेर अहिले त अब नेता भइयो भनेर चाहीँ । कुन पत्रकार नेता भनेर कुदेको छ । को अर्को भनेर कुदेको छ । नेता र पार्टीलाई अपमान गरेको छ । कुसंस्कार कुसंस्कृति र असभ्यता सिकाएको छ,’ उनले भने,‘यो सबै कुरासँग हामी सतर्क हुनुपर्छ । यो देश विगार्ने भाँड्ने तरिका हो । भँडुवाहरुको तरिका हो । यस्ता भँडुवा तरिकासँग हामी सचेत रहनुपर्छ । पार्टी विना दुनियाँ कहिँ चलेको छैन ।’
केही वर्ष टेलिभिजन प्रस्तोताको रुपमा कार्यरत रवि लामिछानेले उक्त पेशा परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल गठन गरेर राजनीतिमा होमिएका थिए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया