पुटिनलाई एक लाख उत्तर कोरियाली सेनाको सहयोग गर्ने

काठमाडौँ । युक्रेनमाथि सैन्य हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिरहेको समाचारमा जनाइएको छ ।
सहयोगवापत पुटिनले उत्तर कोरियाका एक लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ । उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुवै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।
‘उत्तर कोरिया आफ्ना एक लाख सेना दोनबास परिचालन गर्न तयार छ,’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ, ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्ने छ, त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्ने छ ।’
उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई भने ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु हुँदैन । रुसको नेसनल डिफेन्स जर्नलका सम्पादक कोरोत्चेन्कोले भने, ‘एक लाख उत्तर कोरियाली स्वंयमसेवक द्वन्द्वमा भाग लिन तयार रहेको विवरण सार्वजनिक भएका छन् ।’
उनले उत्तर कोरियाली जनता ‘लचक र सीधा’ रहेको भन्दै अगाडि भने, ‘किम जोङ उनले हामीलाई अगाडि बढाएको हात स्वीकार्न लाज मान्नु हुँदैन ।’
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया