बङ्गलादेशमा इन्धनको उच्च मूल्यवृद्धि, विरोधमा प्रदर्शन

काठमाडौँ । सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बङ्गलादेशभरि विरोध प्रदर्शन भएको छ । इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बङ्गलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ ।
यसैबीच प्रगतिशील विद्यार्थी गठबन्धनले पनि छुट्टै विरोध र्याली आयोजना गरेको छ । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम मानिसहरूको दैनिकी कठिन बनेको छ, सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस सङ्कटतर्फ पुर्याएको छ,’ प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उद्धृत गरी ढाका ट्रिब्यूनले लेखेको छ ।
यसबाहेक ढाकाका थुप्रै बसहरूले आइतबार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ । तथापि, बङ्गलादेश जत्री कल्याण समिति (बीजेकेएस)ले इन्धनको बढ्दो मूल्यले बस भाडा वृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्याङ्कन’पछि नयाँ बस भाडा निर्धारण गर्नु पर्ने बताएको छ ।
यसैबीच, बङ्गलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड (डेस्को)अन्तर्गतका क्षेत्रका उपभोक्ताले आज तीन घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन् । शुक्रबार रातिदेखि लागु हुने गरी सरकारले डिजेलको मूल्य प्रतिलिटर ३४ देखि ४६ टाकासम्म बढाएको हो ।
शुक्रबार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव, मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनः सुरु हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको थियो ।
















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया