एमालेले बनायो ओलीकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी
७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको हो ।
निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहने निर्णय पनि एमालेको सचिवालय बैठकले गरेको छ ।
त्यस्तै निर्वाचनका लागि घोषणापत्र बनाउन निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।
सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया