आइतबार, फागुन ३, २०८२

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७९ साउन २७ गते १४:३२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री देउवाले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको बताए । उनले युवा केन्द्रीत गतिविधिको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नु पर्ने बताए । उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताएका थिए ।

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनु पर्ने आवश्यक छ, सरकारी तहबाट युवा केन्द्रीत गतिविधिको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ,’ उनले भने, ‘यसलाई आगामी दिनमा अझ प्रबद्र्धन गरी बढीभन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ, युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ, त्यसका लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरणलगायत कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताए । उनले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्न सक्ने बनाउनु पर्ने दाबी गरे ।

प्रतिक्रिया