निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश भट्टराई सर्वोच्चमा सरुवा

काठमाडौँ । धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई सर्वोच्च अदालतमा सरुवा भएका छन् । उनलाई सर्वोच्चले काजमा सरुवा गरेको हो ।
न्याय परिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्चमा तानेका हुन् ।
धनुषाका जिल्ला न्यायाधीश भट्टराईले तत्कालीन समयमा निहारिका राजपुतसँग सम्बन्धित मुद्दाको फैसला गरेका थिए । सोही फैसलापछि राजपुतले आफूमाथि बलात्कार भएको बताउँदै न्यायको माग गर्दै आएकी छन् ।
राजपुतले केही दिनअघि मात्रै राष्ट्रपति भवन शितल निवासअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । घटनाको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री गोविन्द बन्दी र महान्यायाधीवक्ता खम्मबहादुर खातीसँग छलफल गरेकी थिइन् ।
स्रोतका अनुसार न्यायाधीश भट्टराईमाथि छानबिन गर्न परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठनसमेत भएको छ ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया