बुधबार, फागुन ६, २०८२

दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु

मेरोन्यूज २०७९ भदौ ५ गते २१:१८

काठमाडौँ । पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

घटनामा अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै उनीहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् । पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरकाहीले हुने गर्दछन् ।

भारी मनसुन वर्षाले उत्तरी पाकिस्तानमा हालैका दिनमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।

प्रतिक्रिया