शनिबार, वैशाख २६, २०८३

‘नबिल जेन अल्फा’को ब्राण्ड एम्बासेडरमा रेग्मी नियुक्त

मेरोन्यूज २०७९ भदौ ६ गते १४:५९

काठमाडौँ । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र उनीहरूको अभिभावकलाई लक्षित गरी ल्याइएको पहिलो डिजिटल एपमा आधारित छ ।

Advertisement
NiccNicc

अभिभावकले यस एपमार्फत् आफ्ना बालबालिकाका लागि दैनिक कार्य सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् । त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्टमार्फत् बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले रेग्मीलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले दुबईमा गोल्डेन चाइल्ड प्रोडिज्ञ अवार्ड २०२२ जितेकी छन् ।

‘नबिल जेन अल्फा बालबालिकालाई मार्ग दर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौँ ।’

यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, ‘हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन्, यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिङ्क गरिएको खातामा पैसा कमाउन सक्छन् ।’

उनले यस एपले सानै उमेरबाट बालबालिकामा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया