सत्ता गठबन्धनको बैठक : सिट बाँडफाँटबारे कुरा उठ्यो, ठोस छलफल हुन सकेन
मेरोन्यूज
२०७९ भदौ ६ गते १८:००

काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक सकिएको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संघ र प्रदेशसभा निर्वाचनबारे छलफल भएको छ ।
संघ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले भागबण्डा लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । आजको बैठकमा दलहरूले आफ्ना अपेक्षा र मापदण्डबारे कुरा गरेको तर ठोस विषयमा छलफल हुन नसकेको बताइएको छ ।
सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक निष्कर्ष नजिकमा पुगेको बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पुनः बैठक बस्ने भएको छ । उनले सिट बाँडफाँट र त्यसपछिको अवस्थाबारे बैठक केन्द्रीत भएको जानकारी दिए ।
बैठकमा सत्ता गठबन्धनमा अन्य दललाई पनि समेट्नेबारे छलफल भएको उनले बताए ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया