ऊर्जामन्त्री भुसाल र बङ्गलादेशी प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।
भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन् । उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइन् । मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गरेकी थिइन् ।
ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताइन् ।
सो अवसरमा बङ्गलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताए । उनले आफूहरु नेपालको विद्युतीय ऊर्जा बङ्गलादेश लैजान चाहेको बताएका थिए । उनले नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराए ।
बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया