एमालेको नीति : वाम गठबन्धन नगर्ने, कार्यकर्ता भित्र्याउने
मेरोन्यूज
२०७९ भदौ ७ गते १६:३३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन नगर्ने बताएको छ । यस्तै, पार्टी नै एक ढिक्का भएर चुनावको सामना गर्ने एमालेले निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकमा केही नेताहरूले वाम गठबन्धनको पहल गर्नु पर्ने बताएका थिए । तर, आफूलाई वामपन्थी भन्नेहरू कांग्रेस छाडेर नफर्किने भएकाले वाम गठबन्धन सम्भव नभएको पार्टीले निष्कर्ष निकालेको हो ।
बैठकमा घनश्याम भुसाल, रघु जी पन्त, हिक्मत कार्की, शेरधन राईलगायतका नेताले आफ्नो धारणा राखेका थिए । यस्तै, केही नेताहरूले अन्य वामपन्थी राजनीतिक दलबाट जतिसक्दो कार्यकर्ता पार्टीमा भित्र्याउने नीति लिएको छ ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्डसमेत प्रस्ताव गरेको छ ।
सम्बन्धित
















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया