एमाले केन्द्रीय कमिटीमा चार जना मनोनित, को- को परे ?

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । उनका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए ।
यस्तै, बैठकले राजनीतिक प्रतिवेदनबारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौँका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् ।
स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ ।
















कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया