एमाले नेता पौडेलको प्रश्न : न्यायालयलाई प्रभावित पार्न खोजिएको हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइमाथि प्रश्न गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका सांसद विष्णु पौडेलले महाभियोग प्रस्ताव दर्ता हुँदा सदन नचले १५ दिनभित्र सदन बोलाउनु पर्ने र सदन चले ३ दिनभित्र महाभियोग प्रस्तावमा छलफल गर्नु पर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाएका थिए । उनले महाभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म छलफल नगर्नु गम्भिर विषय भएको बताए ।
उनले महाभियोग पारित गर्न ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो ? भन्दै जवाफ माग गरेका थिए । छलफलमा ढिलाइ गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस समितिका सदस्यहरूले प्रभावकारी ढंगले काम गर्न नसक्ने उनको दाबी थियो ।
सांसद पौडेलले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई तीन महिनाका लागि समय दिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा छानबिन गर्न कठिनाइ हुन सक्ने बताए । समितिको बैठक बुधबार दिउँसो २ बजे पुनः बस्ने भएको छ ।

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया