बिहीबार, फागुन ७, २०८२

सत्ता गठबन्धन : सिट बाँडफाँडमा शीर्ष नेताहरू ‘वान टू वान’ वार्ता गर्ने

मेरोन्यूज २०७९ भदौ ७ गते २१:००

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू संघ र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सिट बाँडफाँड गर्न बनेको कार्यदल र शीर्ष नेताबीच मंगलबार बसेको बैठकले सहमति जुटाउन नसकेपछि नेताहरू वान टू वान वार्ता गरी सहमति गर्ने भएका हुन् ।

सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शीर्ष नेताबीच वान टू वान वार्ता गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘हामी सहमतिको नजिक पुगेका छौँ, आज चाहिँ हाम्रो कार्यदलको संयोजक सिटौला जी अस्वस्थ हुनु भएको कारण बैठक प्रभावित भयो,’ उनले भने, ‘हामी चाँडै नै निष्कर्षमा पुग्ने छौँ, जतिसक्दो चाँड टुंगो लगाउनु पर्ने छ, किनभने निर्वाचनको कार्य तालिका सार्वजनिक भइसकेको छ, यसको सहज निकासका लाग वान टु वान कुरा हुन्छ ।’

कार्यदलका संयोजकसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएकाले बैठक प्रभावित बन्न पुगेको हो । गठबन्धन दलहरूबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधारमा सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रीत रहेको नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया