राष्ट्रपतिलाई भेट्ने कांग्रेस नेताहरू शितल निवासमा
मेरोन्यूज
२०७९ भदौ १३ गते १४:१३

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीको टोली गएको हो ।
सोमबार दिउँसो २ बजे प्रधानमन्त्री देउवासहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू गएका हुन् । भेटमा देउवाले प्रधानमन्त्रीभन्दा कांग्रेसको पार्टी सभापतिका रुपमा राष्ट्रपतिसँग कुरा गर्ने भएका छन् ।
पछिल्लो समय नागकिरता विधेयकका कारण राष्ट्रपति र सरकारबीच टसल पर्न थालेको छ । त्यसैले कांग्रेसका पदाधिकारीले राष्ट्रपति भेट्न लागेका हुन् । भेटघाटको एजेण्डाबारे केही खुलाइएको छैन ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया