बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ
मेरोन्यूज
२०७९ भदौ १५ गते १९:३८

दाङ । बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।
उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।
बुधबार बिहान अबैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।
केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया