बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ
मेरोन्यूज
२०७९ भदौ १५ गते १९:३८

दाङ । बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।
उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।
बुधबार बिहान अबैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।
केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया