सत्ता गठबन्धन बैठक
आज पनि सिट बाँडफाँटमा कुरा मिलेन, भोलि पुनः बस्ने

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ । साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् ।
बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् ।
चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया