शुक्रबार, फागुन ८, २०८२

जबरा भन्छन्-‘असक्षम र विफल भन्ने प्रश्न नै औचित्यहीन’

मेरोन्यूज २०७९ भदौ १६ गते १४:२७

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।

उनले विरोध जनाएपछि निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लागको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको बताए । ‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ कसैलाई आरोप लगाएको होइन‚’ निलम्बित प्रधानन्यायाधीश जबराले भने ।

जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाए । जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे । योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ ।

प्रतिक्रिया