महाभियोग सिफारिस समितिमा चोलेन्द्रको रवाफ, भने : एकदमै अनुचित काम भयो

काठमाडौँ । महाभियोग सिफारिस समितिमा जवाफ दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शैली रवाफिलो देखिएको छ । दोस्रो दिन आजको बैठकमा जबराले आफूमाथि पूर्वाग्रही ढंगले महाभियोग आएको जिकिर गरे । उनले समिति र नेपाल बार एशोसियसनमाथि नै प्रश्न उठाए ।
‘न्याय सम्पादनमा अवरोध गरिस् मात्रै भनेर महाभियोगसम्बन्धी ऐनको व्यवस्था पुष्टि हुन्छ र ? यो एकदमै अनुचित र पूर्वाग्रही हो,’ जबराले भनेका थिए, ‘बरु महाभियोग साथै पुष्टि हुने प्रमाण पठाएको भए हुने ।’
‘यो कस्तो प्रकारको महाभियोग पत्र हो ? के यसले नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई साथ दियो त ?’ उनले ठोस प्रश्नहरू जवाफ दिएनन् । उनले सैद्धान्तिक कुरामै महाभियोग सिफारिस समिति अल्झेको दाबी गर्न भ्याए ।
जबराले उत्तर दिनु पर्नेमा प्रश्नहरू सोधे । भने, ‘न्यायालयले चेक एन्ड ब्यालेन्स गर्नुपर्ने, संसदले चाहिँ गर्नु नपर्ने ?’ उनले प्रधानन्यायाधीशलाई ६ महिना निलम्बनमा राखिएको आरोप लगाए ।
उनले आफू पनि नेपाल बार एसोसियसनको सदस्य रहेको बताउँदै यसले बाटो बिराएको आरोप लगाए । उनले न्यायिक संरचनासँगै बारलाई पनि राखेर पुनसंरचना गर्नु पर्ने बेला आएको बताए ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया