चार न्यायाधीश र तीन कानून व्यवसायीमाथि चोलेन्द्रको गम्भीर आरोप

काठमाडौँ । महाभियोग सिफारिस समितिमा बुधबार बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सात जनामाथि संगीन आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतका चार न्यायाधीश र ३ कानून व्यवसायीमाथि आरोप लगाएका हुन् ।
उनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमाथि प्रधानन्यायाधीश पदको लोभ लागेको आरोप लगाए । यस्तै, न्यायाधीशहरू हरिकृष्ण कार्कीमाथि दोहोरो चरित्र देखाएको, प्रकाशमानसिंह राउतमाथि आचारणबारे आरोप र ईश्वरप्रसाद खतिवडामाथि संकेत गर्दै ‘इमेल पठाएको’ आरोप लगाए ।
यस्तै, जबराले नेपाल बार एशोसिएसनका तत्कालीन पदाधिकारीमाथि गम्भीर आरोप लगाएका छन् । उनले बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलमाथि न्यायाधीश पदमा भागवण्डा खोजेको आरोप लगाउन भ्याए । यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि मुद्दा मिलाउन सिफारिस गरेको आरोप लगाए ।
जबराले नाम लिएसँगै उनीहरूमाथि पनि महाभियोग सिफारिस समितिले बुझ्नु पर्ने जनाएको थियो । यसै क्रममा जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशलाई समितिले बोलाएर धारणा लिनु पर्ने बताए ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया