राष्ट्रपति भण्डारीलाई भेटेर बालुवाटार पुगे प्रचण्ड
मेरोन्यूज
२०७९ भदौ १६ गते २०:१७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड शितल निवास पुगेका हुन् ।
स्रोतका अनुसार बिहीबार साँझ सत्ता गठबन्धनको बैठक जारी हुँदै गर्दा अध्यक्ष प्रचण्ड राष्ट्रपतिसँग भेटवार्ता गर्न गएका हुन् । प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रियसभामा पठाइएको नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्ड शितल निवास पुगेका हुन् ।
भोलि शुक्रबार दिउँसो राष्ट्रियसभा बैठक बस्ने भएको छ । सोही बैठकमा नागरिकता विधयेक पारित गर्ने तयारी भएको छ । पछिल्लो समय नागरिकता विधेयकलाई लिएर राष्ट्रपति र सरकारबीच टकराव उत्पन्न भएको छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया