दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते
मेरोन्यूज
२०७९ भदौ १७ गते १९:३१
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना ६ ख ९६७९ नम्बरको बस शुक्रबार साँझ साढे ४ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।
प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया