राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा
‘मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भने लेखेर दिन तयार छु’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय संसदमा आफ्नो अन्तिम भाषण राख्दै सांसद पदबाट राजिनामा दिएका छन् ।
संसदमा बोल्दै उनले पार्टीको एक्लो सदस्यको हिसाबले कयौँ कुरामा आफूलाई उपेक्षा गरेको बताए । यसबीच सबै सांसदहरूले आफूलाई सहयोग गरेको भन्दै उनले धन्यावाद दिए ।
सत्ता पक्षले प्रतिनिधीसभाको चुनाव सम्मै प्रतिनिधीसभाको कार्याकाल रहने गरी पछिल्लो पटक संसदमा विधेयक ल्याएपछि लिङदेन त्यस्तो प्रस्तावप्रति असन्तुष्ट थिए । उनले चुनावको मिति घोषणा भईसकेको र दलहरु चुनावी तायरीमा लागिसकेको बेला संसदको आयु लम्बाउने लाजमर्दाे विषय भएको बताउँदैं आएका थिए ।
उनले अबदेखि यही प्रतिनिधीसभाको वाँकी कार्यकालमा आफनो उपस्थितीस नहुने र आफनो नाममा आउने सेवा सुविधा पनि रोकिदिन पनि संसदबाटै उनले आग्रह गरे ।
‘मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भने लेखेर दिन तयार छु ,’ लिङ्देनले भने ।
उनले आफूलाई उपेक्षा गर्दै संसदमा ‘ड्यापड्याप’ हान्ने कुर्सीसमेत नभएको ठाउँमा पुर्याइएको बताए । उनले भने, ‘यहाँबाट सर्दै–सर्दै ‘ड्यापड्याप’ हान्ने कुर्सीसमेत नभएको ठाउँमा पुग्दा पनि कुनै दलको माननीय सदस्यबाट अपमानित हुनु परेन ।’
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निवार्नचका लागि सबै उम्मेदवारलाई शुभकामना दिँदै पुनः सांसद भएर आउने विश्वास व्यक्त गरे । चालु संसदको आफ्नो अन्तिम भाषणमा उनले सभामुख अग्निप्रसाद सापकोटासहित सबै सांसदहरूलाई धन्यवाद दिए ।

















नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
भद्रपुरमा आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न
सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया