नागरिकता विधेयक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपतिकहाँ पठाइयो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएको छ ।
संसदमा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको हो ।
राष्ट्रपतिले सुझावसहित संसदमा फिर्ता पठाएको विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएको हो । दोस्रोपटक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।
प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालय पठाइएको हो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त भएपछि १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्मा फिर्ता गरेकी थिइन् ।
राष्ट्रपतिबाट फिर्ता आएको विधेयक दुवै सदनबाट केही नगरी पारित भएको थियो । संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ ।
















गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया