रौतहट ४ मा कांग्रेसबाट कोइरालाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस रौतहट जिल्ला कार्य समितिको आज बसेको बैठकले नेपाली कांग्रेस रौतहट क्षेत्र नं ४ बाट कार्यकर्ताको रायसहित युवा नेता मधेश प्रदेश संसदीय समिति सदस्य रविन चन्द्र कोइरालालाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस भएको छ ।
पार्टी विधानको धारा ३०, धारा (२) तथा धारा ६९ बमोजिमको योग्यता पुग्दासमेत बद्नियतपूर्वक, व्यक्तिगत स्वार्थका कारण छलफल बिना एकलौटी रुपमा गरिएको सिफारिसविरूद्ध जिल्ला कार्य समितिमा कोइरालाले उजुरी दर्ता गराएका थिए ।
क्षेत्रीय कार्य समितिको बैठकले एकातिर प्रदेशसभा सदस्य पदको सिफारिसमा सम्पूर्ण आकांक्षीको नाम सिफारिस गर्नु तर प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दाबी गरेका कोइरालासहित अन्य नेताहरूको नाम सिफारिस नगरिएको हुनाले बाइपास गर्ने उक्त निर्णयलाई जिल्ला कार्य समितिले सच्चाएको सभापति सुनिल (जितेन्द्र) कुमार यादवले जानकारी दिए ।
जिल्ला कार्य समितिको यो निर्णयले पार्टीभित्रका आस्थावान सम्पूर्ण नेता तथा कार्यकर्ताको भावनालाई समेटेको र व्यक्तिगत स्वार्थ सिद्ध गर्ने उद्देश्य बोकेकाले राम्रो जवाफ पाएको तरूण दलका नेता शम्भु थापाले बताए ।
साथै, यो निर्णयको स्वागत गर्दै रौतहट ४ (ख) प्रदेश कार्य समिति सभापति पुनित सहनीले लामो समयदेखि योगदान पुर्याएका नेता तथा कार्यकर्ताको मनोबल उच्च भएको र नेता तथा कार्यकर्ताले नया.ँ अनुहार खोजी गरिरहेको बताएका छन् ।
कांग्रेसले देशभरका अन्य निर्वाचन क्षेत्रबाट पनि सबै आकांक्षीको नाम समावेश गरी जिल्ला कार्य समितिमा पठाएको छ ।
















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया