तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, सोमबार सकिँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ।
सार्वजनिक बिदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो।
बिहीबारदेखि सुरू भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ। उसका अनुसार बिहीबार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार १६ हजारले अवलोकन गरेका थिए।
आइतबार र सोमबार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने इभेण्ट सोलुसनको अपेक्षा छ।
‘अघिल्ला २ दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्,’ इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।
प्रदर्शकले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गरेका छन्। यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ। अवलोकनकर्ताले निःशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनुपर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत प्रवेश पास पाउन सकिनेछ।
एक्स्पोकै अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनीष अग्रवालले जानकारी दिए ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ।
यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ ।
फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ९फर्नेक्स नेपाल० को आयोजना हुँदै आएको छ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया