माओवादी पदाधिकारी बैठक स्थगित
मेरोन्यूज
२०७९ भदौ २७ गते १३:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएको थियो ।
समानुपातिक सांसदहरुको विषयमा मापदण्ड बनाउने, दलहरुका वीचमा भईरहेको सिट बााडफाँटका विषय नेताहरुलाई जानकारी गराउने र आगामी चुनावकी रणनीति लगायतका विषयमा छलफल गर्न माओवादीले दिउँसो १ बजे पदाधिकारी बैठक बोलाइएको थियो ।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठकमा रहेकाले बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्ता गठबन्धन दलको बैठक विहान १० बजेबाट चलिरहेको छ ।
गठबन्धन दलमा सिट बाँडफााट सकस परिरहेका बेला कार्यादलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।
सम्बन्धित

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया