रियलमीको सबैभन्दा सुपथ मुल्यको फाइभ-जी स्मार्टफोन नेपाली बजारमा

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको फाइभ(जी स्मार्टफोन रियलमी नाइन आई फाइभ जी लन्च गरेको छ ।
यो स्मार्टफोनमा २.४ जिएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सिपीयु रहेको छ । यसमा फाइभ जी नेटवर्कको फाइभ जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ । लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,“हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँगसँगै राखी अगाडि बढिरहेका छौँ ।
हाम्रो मुख्य उद्धेश्य भनेको फाइभ जी लाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्याउनु हो र यसै सिलसिलामा हामीले नाइन आई फाइभ जी नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरर्स र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ।”
साथै ५ हजार एम.ए.एचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको जानकारी उनले दिए । यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआई ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्नेछ ।
कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमाफोन तुरुन्तै अनलक गर्न सक्छ । रियलमी नाइन आई फाइभ जी भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका एक हजार बढी स्टोरहरुमा उपलब्ध हुनेछ । यसको मुल्य नेपालमा २९ हजार ९९९ रुपैयाँ रहेको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया