मंगलबार, चैत ३, २०८२

चोलेन्द्रको बैंक खातामा भेटियो ५९ लाख २६ हजार रकम, अन्य सम्पत्ति कति ?

मेरोन्यूज २०७९ भदौ ३१ गते १९:०७

काठमाडौं । न्याय परिषदको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद सचिवालयले जानकारी दिएको छ।

यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको छ। यो विवरण २०७८ साल सम्मको हो।

यस्तै उनकी श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं महानगरपालिका(५ भाटभटेनीको १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा छ। यो जग्गा २०७७ असार १७ गते आठ करोड २६ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ। यसमा उनले आफ्नो पूरानो घर समेत रहेको खुलाएका छन्।

ठमेलको घर जग्गा धितो राखेर ९ करोड ५० लाख रुपैयाँ प्राइम बैंक लिमिटेडबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

प्रतिक्रिया