भदौदेखि लागू हुने गरी सुत्केरी भैंसीलाई भत्ता दिन सुरू

भैंसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाइ दुध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिका भित्रका सबै सुत्केरी भैंसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
‘भैंसी सुत्केरी, प्रोत्साहन हात भरी ’ भन्ने कार्यक्रम अन्तरर्गत भैंसी पालक कृषकहरुलाई भैंसीको व्यवसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए ।
भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैंसीलाई रु १ हजार ५०० दरले रकम दिन लागिँएको उनले जानकारी दिए । अधिकृत गिरीले भने ,‘ भैंसी पालन व्यवसाय विस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैंसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ । ’
भदौबाट लागू हुने गरी सुत्केरी भैंसीको लागत संकलनको काम भइरहेको नगरपालिकाले जनाएको छ । पुर्वी क्षेत्रको नलगाड भैंसी पालन व्यवसाय राम्रो भएको पालिका मध्यमा पर्दछ । उक्त भत्ता लिएर भैंसीको हेरचाह, आहार र व्यवस्थापमा खर्च हुने छ । वर्षमा एक पटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको लिएको छ । एकै घरका धेरै वटा भैंसीहरु सुत्केरी भएमा ,उत्ती धेरै भत्ता दिने नगरपालिकाको योजना रहेको छ ।
यो योजनाले दुध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैंसी पालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालीमटीमा दुध डेरी समेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारी मार्फत आधुनिक मेसिन जडान गरी काम समेत सुरु भएको नगरप्रमुख डम्वर रावतले जानकारी दिए । जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा समेत रहेको छ । जनसंख्याको चाप रहेको यस क्षेत्रमा आउन र जान समेत सहज रहेको छ ।
यस क्षेत्रमा उत्पादन भएको दुध अन्य जिल्लामासमेत सजिलै ढुवानी गर्न सकिने भएको छ । भैंसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजनाले आफू खुसी भएको कृषक रामबहादुर रावलले बताए । उनले भने,‘ महिलालाइ त भत्ता दिएको थाहा पाएका थियौं तर अब भैंसीलाई पनि दिने भन्दै कर्मचारीहरु भैंसी अनुगमणमा आएका थिए , खुसी लाग्यो ।’















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया