एमालेले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि गर्ने निर्णय
मेरोन्यूज
२०७९ असोज १ गते १९:५९

नेकपा एमालेको सचिवालयले विभिन्न तीन वटा निर्णय गरेको छ ।
आज शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति खुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको जानकारी एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएका छन् ।
आजको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटको आधारहरुबारे जानकारी गराएका थिए । बैठक भोलि पुनः बस्ने छ ।
सम्बन्धित
















सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
दक्षिण फिलिपिन्सबाट छ जना माझी बेपत्ता
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
प्रतिक्रिया