बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

बेइजिङ । ८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो ।
कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धान्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।
सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनिमा कर्मचारीहरूले दिनमा करिब १४ घन्टासम्म झन्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झन्डा बनाएका थिए ।
अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार एउटै ग्राहकले हजारौँ झन्डको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया