मंगलबार, चैत ३, २०८२

आइएमई र यूएनसिडिएफवीच अनुसन्धान समझदारी

मेरोन्यूज २०७९ असोज ५ गते १३:३९

काठमाडौं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसिडिएफ) वीच अनुसन्धान समझदारी भएको छ । समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूवीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रीत हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ । यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै सँस्थाले लिएका छन् ।

समझदारीपछि आयोजित एक विशेष कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईका शुरुवाती दिनको स्मरण गर्दै आज रेमिटेन्स सेवा उद्यमको रूपमा विकसित भइ नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरू निर्माण गरिरहेको जानकारी दिँदै युएनसीडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिटेन्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका गरेका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको छ ।

रेमिट्यान्स नेपालको अर्थतन्त्र र जनताका लागि जीवन रेखा हो । आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । यसबाट ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिटेन्स ट्रान्सफरहरू सिधैं उनीहरूको मोबाइल वालेटमा प्राप्त गर्न सक्ने गरी अध्यावधिक गरिँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।

रेमिटेन्स आप्रवासी परिवारहरू विशेष गरी महिलाहरूको वित्तीय समावेशीकरणमा सहयोगी हुने विश्वास दुवै संस्थाले लिएका छन् । तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले बहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका हुन् ।

आइएमईले यूएनसिडिएफसँगको सहकार्यमा यहीँ २० सेप्टेम्बरदेखि दुई दिवसीय डाटा एनालिटिक्स र मानव केन्द्रित उत्पादन विकास कार्यशाला राजधानी काठमाडौंमा आयोजना ग¥यो । आइएमईद्वारा आयोजित अध्यान र कार्यशाला यूएनसिडिएफसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया