नबिल इन्भेष्टमेन्टको मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा

काठमाण्डौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले यही २०७९ भाद्र महिना देखि लागु हुने गरी शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ ।
लगानीका बिभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।
सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड/डिबेञ्चर, ईक्विटी, शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।
यो लगानी व्यवस्थापन सेवाका विशेषताहरुः यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ बर्ष पछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । Discretionary PMS सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको सत्प्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया