मंगलबार, चैत ३, २०८२

सुर्खेतको रानीघाटमा नबिल बैंकको शाखारहित सेवा सुरु

मेरोन्यूज २०७९ असोज ९ गते २०:५०

सुर्खेत । नबिल बैंकले सुर्खेतको बराहताल गाँउपालिका २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बिएलबी मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासका लागि वित्तीय पहुँच मुख्य आधार शिला भएको र यसका लागि गाउँपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए ।

नबिल बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाको भुक्तानी गर्न सकिने छ ।

नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पु¥याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

यसका साथै नबिल बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा भएको उक्त कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवधन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरतामा केन्द्रीत रहेको थियो ।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।

प्रतिक्रिया