मंगलबार, चैत ३, २०८२

आज नेप्से परिसूचक बढ्यो, कारोबार रकम ६६ करोडमा खुम्चियो

मेरोन्यूज २०७९ असोज ११ गते १५:२८

काठमाडौँ । आज सेयर बजार परिसूचकमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से १५ अंकको वृद्धि भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेमा वृद्धि भए पनि कारोबारमा रकम करिब आधा अर्बमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा पुग्दा जम्मा ६६ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।

आज कूल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक ११ उपसूचक धनात्मक भएका छन् ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयर ९.९७ प्रतिशतले वृद्धि हुँदा गरिमा डिभेञ्चरको १० प्रतिशत कमी आएको छ ।

प्रतिक्रिया