लुक्लामा रामेछापबाट नियमित उडान शुरु
मेरोन्यूज
२०७९ असोज १५ गते ९:४५

काठमाडौं । काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एकरएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो ।
यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो । लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।
सम्बन्धित















क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया