दसैंलाई १ करोडको तास आयात
मेरोन्यूज
२०७९ असोज १५ गते १३:३०

काठमाडौं । चालू आर्थिक वर्ष २०७/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।
विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो ।
तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएका मध्ये ६ वस्तुको आयात खुलाउँदा तासको आयात समेत खुलाइएको थियो । यससँगै, नेपालमा तास आयात बढ्न थालेको हो । नेपाल भित्रिएका सबै तास उत्तरी छिमेकी मुलुक चीनबाट भित्रिएको छ ।
सम्बन्धित















क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया