मंगलबार, चैत ३, २०८२

हुण्डाईद्वारा विश्वकप लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा’

मेरोन्यूज २०७९ असोज २५ गते १७:३५

काठमाडौँ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

घोषणाअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुण्डाई टेष्ट ड्राइभ, वाच लाइभ फिफा वल्ड्र कप २०२२’को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने छन् ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्रमार्फत दुई जना विजेताहरुको छनौट गरिएको छ । विजेताहरूमा शेर बहादुर जि.सी. र हस्त माया गुरुङ्ग रहेका छन् ।

विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउने छन् । जसको सम्पूर्ण खर्चहरु हुण्डाई नेपालले व्यहोर्ने छ ।

यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभर रहेका हुण्डाईको १७ वटा सोरुमबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नु पर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो ।

क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको छ ।

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्यसहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नेपालभर रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टर द्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया