मंगलबार, चैत ३, २०८२

सवा एक लाख युनिट विद्युत भारतमा निर्यात, आठ अर्ब आम्दानी

मेरोन्यूज २०७९ असोज २५ गते १८:२०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ४ महिनामा भारतलाई एक अर्ब युनिट विद्युत् निर्यात गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्राधिकरणले देशभित्र खपत भई बढी भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरेको छ ।

त्यसयता असोज २५ गतेसम्म प्राधिकरणले एक अर्ब ३० लाख युनिट विद्युत् निर्यात गरेको हो । विद्युत् निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले भने, ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो ।’ निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा छ ।

प्रतिक्रिया