वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?
मेरोन्यूज
२०७९ असोज २७ गते ९:१८

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको हो । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ । समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । असोज २१ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७।२५ प्रतिशत रहेको छ ।
सम्बन्धित

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया