मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।
कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो ।
जस अन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सिसिको पल्सर मोटरसाईकल , एउटा १५० सिसिको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १÷१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीको असिस्टेन्ट भाईस प्रेसिडेन्ट सुमित शर्माज्युले जानकारी दिए ।
टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याईने शर्माले बताउनुभयो । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया