भिभो भी २५ सिरिजः उत्कृष्ट क्यामेराका साथ आकर्षक स्मार्टफोन

काठमाडौँ । अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आजका युवालाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासमा सशक्त बनाउन आफ्नो आविष्कार समर्पित गर्दै आइरहेको छ ।
भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्तीभन्दा केही नयाँ र अद्वितीय विशेषता थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाइएको छ ।
त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू– भी २५ फाइभजी र भी २५ ईले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् ।
भिभो भी २५ सिरिजमा अद्भूत कलर चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ । जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ ।
भिभो भी २५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास प्रदान गर्दछ । जुन फिंगरप्रिन्ट प्रतिरोधी छ । मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथ स्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउँदछ ।
नयाँ भी २५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी २५ फाइभजी र भी २५ईमा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ । जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्दछ ।
पछाडिको क्यामेराले प्रयोगकर्तालाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ । जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस)को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ । प्रयोगकर्ताहरूलाई जीवन्त विवरणसहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ ।
भी २५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ । जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतलाई ब्याकग्राउन्डमा प्रशोधन गरी सुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ ।
त्यस्तै भी २५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ । यसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । भी २५ ईमा ३२ एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ ।

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया