मंगलबार, चैत ३, २०८२

कोका कोलाले ल्यायो वैदेशिक रोजगारीमा गएका १४ जनालाई नेपाल

मेरोन्यूज २०७९ कार्तिक १ गते १६:२०

काठमाडौँ । सम्बन्ध उत्सव स्वादसँग क्याम्पेनअन्तर्गत कोका कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई नेपाल ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसरी घर फर्कन पाउनेमा एक हुन्, कान्छी माया तामाङ । ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु, हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो, तर यो वर्ष नेपाल आउन पाएको छु, परिवारसँग दसैंँ तिहार मनाउन पाएको छु, मेरो खुसीको सीमा छैन,’ उनले भनिन् । उनले ६ वर्षपछि घर ल्याइदिएकोमा कोका कोलालाई धन्यवाद दिइन् ।

क्याम्पेनका बारेमा बोल्दै कोका कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका कोला सम्बन्धमा विश्वास गर्छ, चाड पर्वको समयमा अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ, दसैंँको मुख्य आकर्षण भनेको आफ्नो नजिकका मान्छेसँग समय बिताउने अवसर हो, यो अवसरमा उहाँँलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई खुसी लागेको छ ।’

सम्बन्ध उत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्देश्य उपभोक्तालाई चाड पर्वको समयमा आफ्नो आफन्तजनसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउन अभिप्रेरित गर्ने हो ।

प्रतिक्रिया